• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सन्दीपलाई क्रिकेट संघका अध्यक्ष चन्दले भेटे

    792
    SHARES


    काठमाडौँ। प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट संघका अध्यक्षले भेटेका छन् ।

    प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले उनीसँग भेट गरेका हुन् । शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

    भदौ २३ मा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले भदौ २१ मा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।

    विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले सन्दिपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया