• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    पुटिनको आणविक हतियार प्रयोगको धम्की ठट्टा होइन : बाइडेन

    425
    SHARES


    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्दामिर पुटिनको आणविक हतियार प्रयोग गर्ने धम्की सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटपछि सबैभन्दा ठूलो खतरा रहेको चेतावनी दिएका छन् ।

    रुसले युक्रेनविरुद्ध परमाणु हतियार प्रयोग गर्ने धम्की दिइरहेको बेला बाइडेलनको यस्तो चेतावनी आएको हो ।

    रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपतिले वासिङ्टन हाउसमा सञ्चार माध्यमसँग कुरा गर्दै आफूले पुटिनलाई राम्रोसँग चिनेको बताए । पुटिनले आणविक वा रासायनिक हतियारको प्रयोगको बारेमा कुरा गर्छन् भने उनले ठट्टा नगर्ने बाइडेनले बताए । रुसी सेनाले युक्रेनविरुद्ध कमजोर प्रदर्शन गरिरहेको बेला पुटिनले आणविक, रासायनिक वा जैविक हतियारको कुरा गरेको बाइडेनले संकेत गरेका हुन् ।

    बाइडेनले केनेडी र क्युबाली क्षेप्यास्त्र संकटपछि विश्वले यस स्तरको आणविक हतियार प्रयोगको सम्भावनाको सामना नगरेको बताए । बाइडेनले भने, ‘क्युबाबाली क्षेप्यास्त्र संकटपछि पहिलोपटक, हामीसँग परमाणु हतियारको प्रयोगको प्रत्यक्ष खतरा छ ।’ उनले पुटिनमाथि ध्यान दिइरहेको र अमेरिकाले दिनसक्ने सम्भावित प्रतिक्रियाबारे सोचिरहेको बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया