• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    माैसम समाचार

    काठमाण्डौमा अहिले घाम लागे पनि वर्षाको सम्भावना कायमै

    642
    SHARES


    काठमाण्डौ।  हिजो दिनभरी लगातार झरी परे पनि काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानदेखि झरी केहि रोकिएको छ ।

    पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको हो ।

    बिहान घाम लागे पनि दिउँसो पछि भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आजदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा ठूलो पानी पर्ने मौसमविद् सञ्जिब अधिकारीले जानकारी दिएका छन् ।

    उनका अनुसार सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा भोलिसम्म नै ठूलो वर्षाको सम्भावना रहेको छ । मौसमविद् अधिकारीका अनुसार काठमाण्डौमा भने हिजो अस्तिको जस्तो पानी पर्ने देखिएको छैन ।

    हाल नेपालमा बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । केही दिनयता लगातारजसो पानी परेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया