• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सुरेन्द्र तामाङले प्रदेश एकको फुटबल टिम हेर्ने

    632
    SHARES


    काठमाडौँ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर एकको पुरुष फुटबल टिम हेर्ने भएका छन् ।

    प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकले तामाङलाई गण्डकी प्रदेशमा आयोजना हुने नवौंका लागि फुटबलको प्रशिक्षक नियुक्त गरेको छ ।

    नवौंका लागि प्रदेश १ पुरुष फुटबल टोलीलाई प्रशिक्षण गराउन र टिम हेर्न तामाङलाई उक्त जिम्मेवारी दिइएको प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर एकले जनाएको छ ।

    प्रदेश एक खेलकुद विकास बोर्डले फुटबलको बन्द प्रशिक्षण असोज २५ गतेसम्म इटहरी रंगशालामा गर्ने बताएको छ । नवौंका लागि प्रदेश एकको फुटबल टोली छनौट भईसकेको छ । जसमा कुल २० खेलाडीहरु छनौट भएका छन् ।

    नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने भएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया