• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    माैसम समाचार

    अझै ३ दिन पानी पर्ने

    374
    SHARES


    1257951336

    काठमाडौँ। शुक्रबार पनि देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका थोरै तथा गण्डकी प्रदेशका एक दुई स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चि र लुम्बिनी प्रदेशमा रातिसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

    मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल मधेशबाहेकका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आगामी तीन दिनसम्मै देशका धेरै स्थानमा ठूलो पानी पर्ने देखिएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

    अक्टोबर २ मा बाहिरिसक्नु पर्ने भए पनि मनसुनी गतिविधि थप सक्रिय बनेका कारण वर्षा भएको हो । मौसमविद् प्रधानाङ्गले केही दिनमै मनसुन बाहिरिने सम्भावना नरहेको पनि बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया