• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    वरिष्ठ गायक प्रमोद पाण्डेको ५९ वर्षको उमेरमा निधन

    1.3K
    SHARES


    काठमाडौँ। वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । झण्डै डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराउँदै आएका गायक पाण्डेको हिजो ५९ वर्षको उमेरमा निधन भएको हो ।

    उनको काठमाण्डौमा रहेको आफ्नै घरमा निधन भएको पारिवारका सदस्यले बताएका छन् । रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् ।

    २०२० साल माघ १० गते काठमाण्डौको भुरुङखेलमा उनको जन्म भएको थियो । गायक पाण्डेले २०३९ सालदेखि रेडियो नेपालमा गीत गाउन सुरु गरेका थिए । उनले २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्यायो,’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उनले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित रहेका छन् ।

    उनले मधुमास बोलको एल्बम पनि निकालेका थिए । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्ने गर्दछ ।

    चलचित्र निर्देशक दयाराम दाहालको शब्द र संगीतमा उनले ‘बिर्सन खोज्छु तिमीलाई’बोलको गीत पनि रेकर्ड गराएका थिए । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया