• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बारा बस दुर्घटना : मृतकमध्ये ११ जनाको सनाखत

    341
    SHARES


    काठमाडौँ । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको शव सनाखत भएको छ ।

    इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार मृतकमा कलैया उपमहानगरपालिका-२ निवासी लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका-५ निवासी नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका निवासी सफल कँडेल, वीरगञ्ज महानगरपालिका-१६ बस्ने सोमप्रसाद चौरसिया, सोही ठाउँ निवासी मन्नीदेवी चौरसिया छन् ।

    यस्तै, हेटौँडा उपमहानगरपालिका-७ निवासी शुभलक्ष्मी श्रेष्ठ, सोही स्थान निवासी स्वस्तिका श्रेष्ठ, कलैया उपमहानगरपालिका-१० निवासी नाजलिन खातुन, जीतपुर सिमरा उपमहानगरपालिका-२२ निवासी सुरेश विक, कलैया उपमहानगरपालिका-१० निवासी इताजत अन्सारी र ओखलढुंगा निवासी लालबहादुर बोगटीको पनि दुर्घटनामा मृत्यु भएको हो ।

    चार मृतकको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बसमा करिब ५० जना सवार रहेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया