• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    केराबारीको पहिराे हटाएपछि मुग्लिन-नारायणगढ सडक खुल्याे

    378
    SHARES


    काठमाडौँ। चितवनकाे केराबारीमा गएकाे पहिराे हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेकाे छ । आज बेलुकी ५ बजेतिर केराबारीमा गएकाे पहिराे हटाएपछि सडक केही बेर अघि खुलेकाे प्रहरीले जनाएकाे छ ।

    यस सडक खण्डमा लगातार पहिराे खसिरहेकाले पहिराे पूर्णरूपमा पन्छाउन समस्या भइरहेकाे जनाइएको छ । पहिराे हटाएर गाडी सञ्चालनमा ल्याउने गरेकाे भए पनि फेरि अर्काे ठाउँमा पहिराे खसेर सडक बन्द हुने गरेकाे छ ।

    लगातारको वर्षाका कारण पहिरो खस्दा केही राष्ट्रिय राजमार्ग र विभिन्न जिल्लाका ग्रामीण सडकहरू बन्द भएका छन् । राष्ट्रिय सडक र राजमार्गहरूमा भएको अवरोध केही समयमा हटाउने गरेको भए पनि ग्रामीण तथा शाखा सडकहरू बन्द रहेका जनाइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया