• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयरको विमान मौसम खराबीका कारण…

    1K
    SHARES


    काठमाडौँ । भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ ।

    खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।

    बिहान सवा ६ बजे उड्नुपर्ने विमान ७ : ३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो ।

    त्यसपछि पुन: त्यहाँबाट उडेको विमान १०:२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले जानकारी दिए ।

    बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया