• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु

    483
    SHARES


    काठमाडौँ ।कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    पुनर्वास नगरपालिकाको अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका-१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने पनि प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया