• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट झरना चौधरीको मृत्यु

    1.2K
    SHARES


    काठमाडौँ। रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो ।

    लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताएका छन् ।

    चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् ।

    तिलोत्तमा-३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया