• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    बिहान १० बजे त्रिभुवन विमानस्थल उत्रिन्छु : सन्दीप लामिछानेले

    503
    SHARES


    काठमाण्डौ। नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् ।

    गएराती सामाजिक सञ्जालमा उनले आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् ।

    साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया