• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमति घाइते

    529
    SHARES


    चितवन। चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छिन् ।

    भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५ च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३६ प ११७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    जीपकोे टक्करबाट मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका-५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो । टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमति ४० वर्षीया राधा घाइते भएकी छिन् र उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई भने प्रहरीले पक्राउ गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया