• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बिरामीको ज्यान गएपछि आफन्तद्वारा चितवन मेडिकल कलेज तोडफोड, १३ जना पक्राउ

    447
    SHARES


    चितवन। उपचारका क्रममा बिरामीको ज्यान गएपछि आफन्तले भरतपुरको चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

    भरतपुर महानगरपालिका १३ का ३६ वर्षका रमेश कुँवर प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि भर्ना भएकोमा हिजो साेमवार बेलुका उपचारकै क्रममा ज्यान गएको विषयलाई लिएर आफन्तले आज मङ्गलवार अस्पतालमा तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    हिजो नै कुँवरको मृत्युको विषयमा आफन्तलाई जानकारी दिइएको र हिजो कुनै प्रतिक्रिया नदिएका आफन्तले आज भने एक्कासी हुलसहित आएर तोडफोड गरेका अस्पतालले जनाएको छ ।

    तोडफोडका कारण अस्पतालको आईसीयू कक्ष र विभिन्न उपकरण तथा झ्याल ढोकामा पनि क्षति पुगेको छ । तोडफोडमा संलग्न १३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया