• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    कैदीहरूको समूहबीच भिडन्त, १५ जनाको मृत्यु

    457
    SHARES


    काठमाडौँ। इक्वेडरको मध्य इक्वेडर शहर लाटाकुंगामा रहेको एक जेल दंगामा परी सोमवार दिउँसो कम्तीमा १५ कैदीको मृत्यु हुनुका साथै २० जना घाइते भएका इक्वेडरको राज्य महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

    कैदीहरूको समूहबीच भएको भिडन्तपछि १५ शवहरू फेला परेका अधिकारीहरूले ट्वीट गरेको बताइएको छ । लागूऔषध विरोधी अधिकारीहरूले मुख्य लागूऔषध तस्करहरूमध्ये एक मान्निने र मनी लान्ड्रिङको आरोपमा मुद्दा चलाइएको लिआन्ड्रो नोरेरो पनि मारिएकामध्ये एक रहेका जनाइएको छ ।

    दंगाको कारण अझै अनुसन्धानरत रहेको जनाइएको छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । सन् २०२१ कारागार हिंसामा परी ३०० भन्दा बढी कैदीहरू मारिएका थिए । सन् २०२२ मा पनि यो स्थिति जारी रहेको बताइएको छ ।

    सरकारले कारागार नियन्त्रणका लागि लागूऔषध कारोबारी समूहबीचको झडपका कारण बारम्बार कारागारमा भएको दंगालाई जिम्मेवार ठहर गर्दै लागूऔषध माफियाविरुद्ध लड्ने घोषणा गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया