• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    खोलामा नुहाउन गएका बाबु र छोरा बेपत्ता

    609
    SHARES


    काठमाडौँ। सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् ।  खाँदबारी-७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम बेपत्ता भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवैजना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बाबु-छोराको खोजी भइरहेको गोदारले बताए । प्रदेश १-०२-००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

    बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताएका छन् । बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रुपमा कार्यरत रहेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया