• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    राष्ट्रपति भण्डारीद्वारा नवदुर्गादेवीको पूजाआराधना

    405
    SHARES


    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको नवौं दिन महानवमीमा नवदुर्गादेवीको पूजा आराधाना गरेकी छिन्  ।

    राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणासहित टीका लगाएर नवदुर्गादेवीको पूजा आराधना गरेकी हुन् ।

    यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्न पनि आग्रह गरेकी थिइन् ।

    पूजाआराधानाका क्रममा ‘रातो टीका निधारम’ र ‘फेरि कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । यो वर्षको दशैंको टीकाको साइत बुधबार बिहान ११ः ५१ मा रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया