• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    पानीमा रुझ्दै भाषण गर्ने नेताको सूचीमा थपिए राहुल गान्धी

    499
    SHARES


    काठमाडौं । भारतमा अहिले पानीमा भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल भएको छ ।

    ‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइताबार भारतको मन्सुर पुगेका थिए । उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे ।

    पानी परेपछि भाषण सुन्न आएका मानिस तितरवितर हुन थाले । त्यसपछि राहुल गान्धीले भने, ‘पानी परिरहेको छ तर हामीले यात्रा रोकेका छैनौं । चाहे गर्मी होस, चाहे तुफान आओस वा जाडो नै किन नहोस हामी रोकिने छैनौ ।’

    ‘भारत जोडो’ अभियान अन्र्तगत भारतीय कांग्रेसले कन्याकुमारीदेखि कश्मीर यात्रा गरिरहेको छ । पानीमा रुझ्दै गान्धिले गरेको यो भाषणको निकै चर्चा भइरहेको छ । गत वैशाखमा नेपाल आएको बेला ठमेलको लर्ड अफ दि डि्रङक्स क्लबमा देखिएका गान्धीको त्यतिबेला पनि चर्चा भएको थियो ।

    पानीमा रुझ्दै भाषण गर्ने राहुल गान्धी एक्ला भने होइनन् । सन् २०१५ मा अरबिन्द भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि १५ मिनेट पानीमा रुझ्दै भाषण गरेका थिए । अमेरिकाका राष्ट्रपति जो बाईडेन र कमला हृयारिसले पनि दुई वर्ष अगाडि यसरी पानीमा रुझेर भाषण गरेका थिए । बराक ओबामो सन् २०१२ को जुलाइमा पानीमा रुझ्दै भाषण गरेका थिए ।

    डोनाल्ड ट्रम्पले २०१८ को नोभेम्बरमा र हिलारी क्लिनटरले नोभेम्बर २०१६ मा यसरी नै पानीमा निथ्रुक्क रुझेर भाषण गरेका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया