• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    घाँटीमा मासुको हड्डी अड्किएर चितवनमा एक जनाको गयो ज्यान

    1.2K
    SHARES


    काठमाडौँ । मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।

    कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किए पछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

    त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया