• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    केही दिन वर्षा हुने भएपछि बाली भित्र्याउदै गरेका किसान चिन्तित

    690
    SHARES


    काठमाण्डौ। जल तथा मौसम विज्ञान विभागले केही दिन वर्षा हुने पूर्वानुमान गरेपछि किसानलाई चिन्ता परेको छ । दशैँको मुखमा पर्ने पानीले किसान पाकेको धान कसरी जोगाउने भनेर चिन्तामा परेका छन् ।

    पाकेर काट्ने अवस्थामा पुगेको धान ठूलो वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको कैलालीको जानकी गाउँपालिकाका रामसुन्दर चौधरीले बताएका छन् । गएको वर्ष पनि असोज अन्तिम हप्ता तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो ।

    आजदेखि वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनको सूचनापछि धान काट्न नथालेको पनि किसान चौधरीले बताएका छन् ।

    टीकापुर-५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काटेका छैनन् । यतिखेर धान पाक्ने बेला भएकाले दशैँ मनाउनेभन्दा पनि धान कसरी जोगाउनतर्फ ध्यान गएको किसाहरु ताउछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया