• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    एसियाकै ठूलो भगवतीको मूर्तिमा भक्तजनको भीड

    583
    SHARES


    काठमाडौँ। अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भक्तजनको भीड बढेको छ ।

    दशैँका अवसरमा विशेष पूजाआजा हुने आस्थाको धरोहरको रुपमा रहेको यस अर्घा दरबार र अर्घा भगवतीको मन्दिरमा देवी भगवतीको पूजाआजा गर्नेको भीड बढेको हो । अहिले दैनिक झन्डै ५ हजारको हाराहारीमा मन्दिरमा मानिसहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताएका छन् ।

    चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकिकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास रहेको छ ।

    बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने ठाउँका रुपमा रहेको यहाँ अहिले महाकाली मन्दिर, दरबार रहेका छन् । पन्ध्रौं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ ।

    अर्घा मन्दिरमा एसियाकै ठूलो भगवती देवीको मूर्ति प्रतिस्थापन गरिएपछि मन्दिरमा आकर्षण बढेको छ । अहिले मन्दिरमा दर्शन गर्ने र मूर्तिसँगै फोटो तथा सेल्फी खिच्नेहरुको संख्या पनि बढेको छ ।

    लुम्बिनीमा आएका पर्यटकहरु तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरुलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए।

    सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख कमल प्रसाद भुसालले मूर्ति स्थापना गर्न मुख्य पहल गरेका हुन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै, सुपा देउराली, गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकहरुलाई अर्घा दरबारमा लैजाने उदेश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख कमल प्रसाद भुसालको भनाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया