• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    उत्तर कोरियाद्वारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

    561
    SHARES


    काठमाडौँ। उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

    उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ ।

    सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो ।

    संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

    मिसाइल जापानबाट झण्डै तीन हजार किलोमिटर (१८ सय ६० माइल) प्रशान्त महासागरमा खसेको थियो ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो प्रक्षेपणको निन्दा गर्नुभएको छ । जापान सरकारले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बोलाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया