• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    आगामी चुनावमा २० हजार पर्यवेक्षक परिचालित हुने

    376
    SHARES


    काठमाण्डौ। आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि स्वदेशी र विदेशी गरी झण्डै २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् ।

    आयोगले पर्यवेक्षणका लागि गरेको आह्वान अनुसार आवेदन दिइ स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका तथ्याँक अनुमान गर्दा झण्डै २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । विदेशीतर्फ अहिलेसम्म दुई वटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् ।

    उनले केही पर्यवेक्षक संस्थाहरुलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभइ दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताए ।

    आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया