• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजा आजा

    431
    SHARES


    काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवम् पूजाआजा गरेकी छिन्  ।

    राष्ट्रप्रमुखबाट आजका दिन पलाञ्चोक मन्दिरमा दर्शन एवम् पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन् ।

    उनि नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसरपुगेकी थिइन् । राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलाञ्चोक भगवतीको पूजा र दर्शन गरेकी थिइन् ।

    जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिर शक्तिपीठमध्येको एक रहेको छ। काभ्रेपलाञ्चोकको पाँचखालबाट सात किलोमिटर पूर्वतर्फ रहेको लिच्छवीकालीन राजा मानदेवको पालामा बनेको पलाञ्चोक मन्दिर धार्मिक पर्यटनको एक गन्तव्य पनि हो र यस मन्दिरमा पूजाआजा गर्न आएका दर्शनार्थीको आज भीड लाग्ने गर्दा छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया