• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    अमेरिकी राजदूत बेरी फिर्ता, नवनियुक्त राजदूत थम्पसनले लिए सपथ

    276
    SHARES


    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् ।

    अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समाबेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’

    उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै आफूले यहाँका नागरिक, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने अवसर प्राप्त गरेको समेत उल्लेख गरेका छन् ।त्यस्तै नेपालका लागि नवनियुक्त अमेरिकी  राजदूत डिन थम्पसनले शुक्रबार शपथ ग्रहण गरेका छन् । थम्पसनलाई अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले सपथ गराएकी हुन् । उनी केही साताभित्र आफ्नो कार्यकाल सम्हाल्न नेपाल आइपुग्ने जनाइएको छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया