• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized समाचार

    एक महिलाबाट ९ करोड लुटिएको दाबी, अनुसन्धान जारी

    641
    SHARES


    ताप्लेजुङ। ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट कराेडौँ रुपैयाँ लुटिएको दाबी गरिएको छ ।

    आज बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान रहेको छ । जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आईएमईबाट रकम र गहना लुटिएको हो ।

    आईएमईका कर्मचारी आसामाया प्रधानलाई हिजोदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोन आएको थियो । बिहान मास्क लगाएका ४ जना युवाहरु आईएमईमा पसेको कर्मचारी आसामायाको भनाई छ । नगद र सुन गरी झन्डै ९ करोड रुपैयाँ बराबर लुटिएको खबरपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले रकमबारे भने खुलाएको छैन । जिल्लाका मुख्य नाकामा समेत निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया