• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    प्रवास समाचार

    नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई दसैँको टीका लगाईदिने

    1.9K
    SHARES


    काठमाडौँ। नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई बडादसैँको अवसरमा टीका लगाईदिने भएको छ।

    दोहास्थित नेपाली दूतावासमा विजया दशमीको दिन (१९ असोज) कतारमा रहेका नेपालीलाई टीका तथा दुर्गा भगवतीको प्रसाद ग्रहण गर्ने कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

    त्यस दिन कतारमा रहेका इच्छुक नेपालीहरुलाई राजदूतावासमा आएर टीका तथा दुर्गा भवानीको प्रसाद ग्रहण गर्न दूतावासले आग्रह गरेको छ ।

    दसैँको टीकाको दिन बिहान १०ः३० बजेदेखि अपरान्ह १२ः०० बजेसम्म टीका तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

    दसैँको अवसरमा यहि १८ र १९ असोज (अक्टोबर ४ र ५ तारिख) का दिन दूतावास बन्द रहनेछ। २० गतेदेखि भने नियमित रूपमा खुल्ला रहने दुतावासले जनाएको छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया