• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वार्ता समितिमा कुरा नमिल्दा ओली र ठाकुरबीच छलफल

    408
    SHARES


    काठमाडौँ। चुनावी गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका छन् ।

    गठबन्धनको विषय टुंग्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको बीचमा छलफल भएको लोसपा नेपाल स्रोतले जनाएको छ ।

    एमाले र लोसपाबीच गठबन्धन हुने कि नहुने विषयमा अध्यक्ष ठाकुरले अध्यक्ष अ‍ोलीसँग अन्तिम छलफल गर्ने जनाएको छ । दुई दलबीच भएको छलफलमा एमालेले चुनावी गठबन्धन विषयमा त्यति चासो नदेखाएको वार्तामा सहभागी एक नेताले बताएका छन् ।

    मधेसमा शीर्ष नेताहरूले नै पार्टीमा प्रवेश गर्न थालेपछि एमालेले चुनावी गठबन्धनका लागि त्यति चासो नदेखाएको लोसपाका एक नेताले बताएका हुन् । मधेस प्रदेशमा १९ सिट माग गरेको छ, जसपमा एमालेले सहमति जनाएको छैन । एमालेले लोसपालाई १० सिट मात्र दिन चाहेको बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया