• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    हेटौंडामा बस दुर्घटना, २ जनाको मृत्यु, ३७ जना घाइते

    530
    SHARES


    काठमाडौँ। हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    पुर्व-पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर-१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् ।

    काठमाडौंबाट​ यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा मोरङ बेलबारी-८ बस्ने बर्ष ५१ की कल्पना राजवंशी र झापा दमक-५ मोडेल क्याम्पस नजिक बस्ने बर्ष ६० को दिल्ली बहादुर दर्जी रहेका छन् ।

    उनीहरुको उपचारका क्रममा चुरेहिल अस्पताल र हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै दुर्घटनामा खोटाङ काडबेसी घर भई हाल सुनसरी ईटहरी-९ खनार बस्ने बर्ष २२ को चन्डिका प्रसाद दाहाल, सुनसरी धरान-१७ बस्ने बर्ष ३८ को सुमन बराइली, मोरङ सुन्दरहरैचा-६ बस्ने बर्ष २५ को विशाल गुरुङ घाइते भएकोले चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

    त्यसैगरी ललितपुर महालक्ष्मी-८ लुभु बस्ने बर्ष-५० को चक्र बहादुर बस्नेत र उनकी छोरी बर्ष १७ कि दिव्या बस्नेतको काठमाण्डौं स्थित बि एण्ड बि अस्पतालमा उपचारको लागि पठाइएको उनले बताए । ताप्लेजुङ सुकेजा-३ बस्ने बर्ष २४ को टंक बहादुर खड्का, इलाम सुलाचुली-१ बस्ने बर्ष ४० कि माया अधिकारीको हेटौंडा स्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया