• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    टोलीमा विश्वासको कमी देखियो : हाग

    600
    SHARES


    काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका मुख्य प्रशिक्षक एरिक टेन हागले टोलीमा विश्वासको कमी देखिएको बताएका छन् ।

    प्रिमियर लिग अन्तर्गत आइतबार राति म्यानचेस्टर सिटीसँग पराजित भएपछि हागले टोलीमा विश्वासको कमी भएको बताएका हुन् ।

    सिटीको मैदानमा भएको खेलमा युनाईटेडले ६-३ गोलको लज्जास्पद हार व्यहोरेको थियो । ‘जब तपाई पिचमा विश्वास गर्नुहुन्न । तपाईले खेलहरू जित्न सक्नुहुन्न,’ हागले भने ।

    सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड र फिल फोडेनले ह्याट्रिक गरेका थिए । युनाइटेडका लागि एन्थोनी मार्सियलले दुई र एन्टोनीले एक गोल गरेका थिए ।

    ‘यो एकदम सरल छ । यो विश्वासको कमी हो र अस्वीकार्य छ । हामी नियमहरू पालना गर्दा अनुशासनहीन भयौं र त्यो भयो,’ उनले थपे । युनाईटेडले पहिलो हाफमै चार गोल खाएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया