• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    दशैँ नजिकिएसँगै काठमाण्डौका सडकमा गाडीको चाप घट्यो

    447
    SHARES


    काठमाण्डाै। दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ । उपत्यकामा हिजोदेखि नै गाडीको चाप कम छ ।

    हिजोको भन्दा आज र भोलि झन् गाडी कम चल्नेछन् । यसले गर्दा सडक खालीखाली जस्तै हुन थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक खाली हुँदा धेरैले तीव्र गतिमा गाडी चलाउने गरेकाे भन्दै त्यसो नगर्न आग्रह गरेको छ । तीव्र गतिमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम धेरै हुने गर्दा छ ।

    दुर्घटना रोकथामका लागि भन्दै प्रहरीले काठमाण्डौ उपत्यकाका ठाउँठाउँमा राडार गनसहित सुरक्षा जाँचलाई बढाएको छ । हिजो एकैदिन तीव्र गतिमा गाडी चलाउने १ सय ४५ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारबाहीमा परेकाले ५ सय रुपैयाँदेखि एक हजार ५ सय रुपैयाँसम्म जरिबाना तिर्नुपर्नेछ । तीव्र गतिमा गाडी चलाउने विरुद्ध अहिले कारबाही अभियान पनि भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया