• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सुपथ पसल एक हप्ताका लागि बन्द, खसीबोका र च्याङ्ग्रा भने भोलिसम्म बिक्री हुने

    423
    SHARES


    काठमाण्डाै। दशैँ-तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् ।

    साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमा बिक्रीवितरण बन्द गरेको छ ।

    तर खसीबोका तथा च्याङ्ग्रा भने भोलि नवमीसम्म बिक्री गरिनेछ जनाइएको छ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ ।

    खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार हिजोसम्म झण्डै १५ सय खसीबोका काठमाण्डौ उपत्यका भित्रिएका र दुई सय सङ्ख्यामा बिक्री हुन बाँकी छ । त्यस्तै २ सय ११ वटा च्याङ्ग्रा ल्याएर बेचविखन गरिएको छ ।

    बाँकी रहेका खसीबोका र च्याङ्ग्रा भोलिसम्म बेचिसक्ने उहाँले बताउनुभयो । त्यस्तै चाडपर्वमा उपभोक्तालाई सहुलियत दिने उद्देश्यले गएको असोज १ गतेदेखि खाद्यवस्तुमा छुटसहित सुपथ पसल सञ्चालन गरिएको हो । यस्ता पसल कात्तिक १५ गतेसम्म चल्नेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया