• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    रियल बराबरीमा रोकिंदा बार्सिलोनालाई फाइदा

    437
    SHARES


    काठमाडौं । करिम बेन्जिमाले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गर्न नसकेपछि रियल मडि्रड आफ्नै मैदानमा ओसासुनासँग १-१ को बराबरीमा रोकिएको छ ।

    जारी सिजन रियलले अंक गुमाएको यो पहिलो खेल हो । यो बराबरीले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनालाईनै  फाइदा भइको छ ।

    ला लिगा उपाधि रक्षाको अभियानमा रहेको रियलका लागि ८०औं मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । त्यसअघि रियलका लागि भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, ओसासुनाका लागि किके गार्सियाले बराबरी गोल फर्काएका थिए ।

    बेन्जिमालाई फल गरेका डेभिड गार्सियाले ८०औं मिनेटमा रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो । यो बराबरीपछि रियलले ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

    ७ खेलबाट बार्सिलोना र रियलको समान १९ अंक भएको छ । गोलअन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया