• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    लिमान सहर रूसी सेनाबाट मुक्त गरिएको युक्रेनकाे दाबी

    382
    SHARES


    काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख सहर लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको बताए ।

    रुसले युक्रेनका चार भू-भाग गाभिएको घोषणा गरेपछि किएभ र पश्चिम देशले भर्त्सना गरिरहेका बेला रूसले कब्जा गरेको लिमान सहर सेनामुक्त गरिएको युक्रेनले दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई धन्यवादसहित एक भिडियो समेत पोस्ट गरेका छन् ।

    जेलेन्स्कीले देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण सुरु गरेको थियो । केही दिन अघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक समारोहकाबीच डोनेट्स्क, लुहान्स्क, खेअर्सन र जापोरिजिया गरी युक्रेनका चार क्षेत्रलाई आफ्नो कब्जामा लिएको औपचारिक घोषणा गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया