• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    खेल मैदानमा सर्प प्रवेश गरेपछि…

    681
    SHARES


    काठमाडौँ। भारत र दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी-२० खेलमा रोचक घटना भएको छ । खेलको दौरान मैदानमा सर्प प्रवेश गरेपछि खेल केहीबेर रोक्नु परेको थियो ।

    खेलमा भारतीय इनिङ्सको क्रममा आठौं ओभरमा सर्प मैदानमा प्रवेश गरेको थियो । जसका कारण खेल केही मिनेट रोकिएको थियो । त्यतिबेला रोहित शर्मा र केएल राहुल ब्याटिङ गरिरहेका थिए ।

    केशव महाराज आठौं ओभरको सुरुमा बलिङ गर्न आएका थिए। ओभर सुरु हुनुअघि दक्षिण अफ्रिकाका केही खेलाडीहरू मैदानमा सर्प रहेको जानकारी दिए ।

    त्यसपछि ग्राउन्ड स्टाफलाई फिल्डमा बोलाइयो र सबै आवश्यक उपकरण लिएर जमिनमा पुगेर सर्पलाई लिएर गरे । खेल करिब पाँच मिनेटसम्म रोकिएको थियो । त्यतिन्जेल खेलाडीहरूले अनौपचारिक पेय ब्रेक पाए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया