• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    डम्मरु दहमा डुबेर नेपालीको गयाे ज्यान, श्रीमती बिदेशमा दुई छोरी अलपत्र

    870
    SHARES


    अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको डम्मरु दहमा डुबेर एक जनाको ज्यान गएको छ ।

    शितगंगा वडा नम्बर ३ ठाडामा रहेको डम्मरु दहमा डुबेर स्थानीयवासी ३७ वर्षीय खिमबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

    आज आइतवार बिहान झन्डै ८ बजेतिर दहमा हाम फालेकाे देखेपछि नेपालीलाई इलाका प्रहरी कार्यालय ठाडाको टोली र स्थानीयवासीले पानीमुनि हिलोमा गाडिएकाे अवस्थामा उद्धार गरेका थिए । उद्धारपछि नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पुर्याउदा उनकाे ज्यान गइसकेकाे थियाे ।

    नेपालीकि श्रीमती रोजगारीका लागि भारतमा छिन् । मृतक नेपाली आमा र दुई छोरीसँग बस्दै आएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया