• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    काठमाडौं महानगरपालिकामा दशैँ अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

    482
    SHARES


    काठमाडौँ। काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका अनुसार डेंगु महामारीकै रुपमा फैलिरहेका हुदाँ दशैं अवधिभर महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

    डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि २४ घन्टे हटलाईन नम्बर ११८० मा फोन गरेर सेवा लिन सकिनेछ। एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।

    साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् भने नजिकैको स्वास्थ स्वयं सेवकमार्फत पनि सिटामोल र जिवनजल प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको महानगरले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया