• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सेनाले गर्‍याे टुँडिखेलमा फूलपातीकाे हर्ष बढाइँ

    396
    SHARES


    काठमाण्डाै। नेपाली सेनाले फूलपातीकाे हर्ष बढाइँ गरेको छ ।

    काठमाण्डाैकाे टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा आज आइतवार फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिन टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।

    फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरू तथा सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । त्यस अवसरमा सेनाले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो ।

    फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया