• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    आज देखि त्रुटि सच्याएर समानुपातिक तर्फको बन्दसूची बुझाउने समय सकियो

    368
    SHARES


    काठमाडौँ। त्रुटि सच्याएर समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय आजबाट सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्रुटि भए सच्याएर पेस गर्न आइतबार ५ बजे सम्मको समय दिएकोमा आजबाट समानुपातिकतर्फ नामावली सच्याएर निर्वाचन आयोगमा बुझाउने समय सकिएको हो ।

    उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार ४ बजेसम्म विभिन्न ३१ दलहरूले प्रतिनिधि सभातर्फ नामावली सच्याएर पेस गरेको बताएका छन् । उनले आजसम्म १२ वटा राजनीतिक दललाई पेस भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेको उल्लेख गरेका छन्। उनका अनुसार प्रतिनिधि सभातर्फ प्रदेश १ मा ३१, मधेस प्रदेश २१, बागमती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेस गरेका छन् । आइतबार ५ बजेसम्मका दलहरूले बन्दसूची सच्याएर पेस गरेपछि आज नै निर्वाचन आयोगले सच्याएर पेस गरिएका बन्दसूचीको काम सक्ने बताए ।

    उनले भने, ‘समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन प्रणाली र प्रदेश सभा सदस्य निर्वाचन प्रणाली अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने राजनीतिक दललाई असोज २ र ३ गते दलको तर्फबाट बन्दसूची पेस गर्ने कार्यतालिका थियो । सोही मितिमा विभिन्न राजनीतिक दलहरूले आफ्नो दलको तर्फबाट बन्दसूची पेस गरेका छन् ।

    पेस भएको बन्दसूचीमा दलहरूलाई उहाँहरूले पेस गरेको बन्दसूचीमा नमिलेको कुराहरू सच्याएर पेस गर्नको लागि बन्द सूची पेस गर्दाकै दिन दललाई पत्राचार गरेका थियौँ । आयोगमा सच्याएर पेस गर्ने तोकिएको दिनमा दलको तर्फबाट उपस्थित भएर विवरण सच्याएर पेस गर्नुभएको छ । मुख्य दलहरुल प्रतिनिधि सभा सदस्यतर्फ पेस गरेर इन्ट्री भइसकेको अहिले ४ बजेको सम्मको विवरणमा ३१ वटा दलको पेस भएको छ ।

    आजको दिनमा १२ वटा राजनीतिक दललाई पेस भएको बन्दसूचीमा सच्याउनलाई पत्राचार गरेका छौँ । अहिलेसम्म प्रतिनिधि सभातर्फ ३१ वटा दलले सच्याएर पेस गर्नुभएको छ प्रदेश १ मा, मधेस प्रदेश २१, बागमती २०, गण्डकी २५, लुम्बिनी २४, कर्णाली २० र सुदूरपश्चिममा २४ वटा दलले सच्याएको बन्दसूची पेस गर्नुभएको छ । आज ५ बजेसम्म बन्दसूची पेस गर्ने राजनीतिक दलहरु इन्ट्री हुनुभएपछि हामीले रातभर बसेर भएपनि काम गर्नुपर्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया