• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    कर्णाली समाचार

    उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमै अलपत्र

    677
    SHARES


    काठमाडौँ। हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभ दिपावली र छठ पर्वमा घर जान सकेका बीच बाटोमै अलपत्र परेका छन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् ।

    हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइ यात्रा रहेकाले निजी कम्पनीले काठमाडौँमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् ।

    हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् । विमान कम्पनीका कर्मचारी टिकट पहिला नै प्याक भइसकेको जवाफ दिँदै आएका छन् । एक यात्रुले आक्रोश पोख्दै भने, ‘भनसुन गर्नसक्ने उडे, हामी फर्कन बाध्य भयौँ ।

    निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ । सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती व्यहोर्नु परिरहेको यात्रुहरु बताउँछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया