• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    इन्डोनेसियाको फुटबल स्टेडियमको घटनापछि राष्ट्रपतिको यस्तो आदेश

    444
    SHARES


    काठमाडौँ। इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा करिब १२९ जना मारिएका छन् र थुप्रै घाइते भएका छन् ।

    यसलाई विश्वमा भएको हालसम्मको सबैभन्दा भयानक स्टेडियम दुर्घटना बताइएको छ । खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो ।

    अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो । इन्डोनेसियाको फुुटबल असोसिएसनले शनिबार राती बयान जारी गरेर यो घटनामाथि दुःख व्यक्त गर्दै पूरा घटनाको अनुसन्धानका लागि एउटा समूह मलंग पठाएको जानकारी दियो ।

    बयानमा भनिएको छ-कंजरुहान स्टेडियममा अरेमाका समर्थकले जे गरे त्यसमा पिएसएसआईलाई खेद छ । हामी मृतकका परिवार र यो घटनाबाट प्रभावित व्यक्तिहरुसँग माफी माग्छौँ । पिएसएसआईले तत्काल यसको अनुसन्धानका लागि टिम गठन गरेको छ जुन मलंगका लागि प्रस्थान गरिसकेको छ ।’

    यो घटनाक्रममा १८० जना घाइते छन् । अरेमा एफसीमाथि यो सिजनका लागि प्रतिबन्ध लगाइएको छ । देशका मुख्य सुरक्षामन्त्रीले स्टेडियमको क्षमताभन्दा बढी दर्शक उपस्थित भएको पनि बताए । स्टेडियममा क्षमताभन्दा करिब ४ हजारभन्दा बढी मानिस थिए । राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा हुञ्जेल इन्डोनेसियाको शीर्ष फुटबल लिगका सबै खेल रद्द गर्न आदेश दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया