• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भड्किदा मृत्यु हुनेको संख्या १७४ पुग्यो

    493
    SHARES


    काठमाडौँ। इन्डोनेसियामा शनिबार एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ ।

    घाइतेको संख्या पनि व्यापक छ । यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ । हिंसा त्यतिबेला भड्कियो जब म्याच हार्ने समूहका प्रशंसक भड्किए र मैदानमा आए ।

    इस्ट जाभा प्रान्तमा अरेमा एफसी र पर्सेबाया सुरबायाबीच खेल चलिरहेको थियो । अरेमा एफसीलाई २-३ ले हारिरहेको देखेपछि यसका प्रशंसक मैदानमा छिर्न थाले । समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिस फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया