• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरे

    402
    SHARES


    काठमाडौँ। अर्घाखाँचीको सन्धिखर्क-९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेका छन् ।

    अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताए ।

    पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ ।

    पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ रहेको छ ।

    जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी, स्थानीय बासिन्दाको रोहबरमा गाडिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया