• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    समानुपातिकको बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम

    477
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङको नाम हटेको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नाम सूचीबाट हटेको बताएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा रहेको थियो ।

    संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्द सूची संशोधन गरेको हो । संशोधित सूचीबाट आफू हटेको शेर्पाले बताएका हुन् ।

    निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यक्रम अनुसार बन्द सूची संशोधन गर्ने म्याद आज सकिंदैछ । सूचीमा रहेका व्यक्तिले भने सोमबारसम्म आफ्नो नाम फिर्ता लिनेसक्ने आयोगले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया