• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    डेंगु नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघले बुझायो ज्ञापन पत्र

    261
    SHARES


    काठमाडौं । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ ।

    शनिबार मन्त्री निवासमा पुगेर नेविसंघको टोलीले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको किट अभाव हुन नदिन र परीक्षण निशुल्क गर्न माग गरेका छन् ।

    नेविसंघले डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग पनि राखेको छ । ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको प्रयासमा सरकार लागिरपरेको बताएका छन् । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताएका हुन् । उनले डेंगु प्रकोप घोषणा गर्नुपर्ने तहमा नपुगेको पनि बताए ।

    नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले भने डेंगुको महामारी बढिरहेको समयमा सरकारले जनतालाई सरकार छ भन्ने अनुभुति दिलाउन नसकेको बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया