• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा

    361
    SHARES


    काठमाण्डौ । भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु भएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रममा फाइभ-जी मोबाइल सेवाको सुरुवात गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

    भारतका दिल्ली, मुम्बई, बेङ्गलोर, वाराणसी लगायतका आठ सहरमा फाइफ जी सेवा सुरु भएको र अर्को वर्षसम्म देशभर विस्तार गरिने कार्यक्रममा प्रधानमन्त्री मोदीले जनाएका छन् ।

    फाइज जी मोवाइल सेवा सुरु भएसँगै भारतमा तीव्र गतिको इन्टरनेट सेवा सुुरु गर्ने बाटो खुलेको छ । कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ-जी सेवा सन् २०२४ सम्म देशभर उपलब्ध गराउने दाबी गरे।

    यस्तै रिलायन्स गु्रपका अध्यक्ष मुकेश अम्बानीले पनि आफ्नो कम्पनीले सन् २०२३ सम्म देशको हरेक कुनामा फाइभ-जी सर्भिस सुरु गर्ने दाबी गरेका बीबीसी हिन्दीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया