• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सबै मिलेरा उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्छ : कृष्णहरि बास्कोटा

    305
    SHARES


    काठमाडौँ। ​सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् ।

    शनिबार काठमाडौँमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

    कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको भन्दै दुई निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले निःस्वार्थ रूपमा दुवै पक्षले काम गर्नुपर्ने बताएका हुन । बास्कोटाले आफ्नो अधिकारका लागि स्वयं आमउपभोक्ता पनि सजक हुनुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले मुलुकको बजार अस्वस्थ रहेकाले यसलाई स्वस्थ्य बनाउन गम्भीर भएर अधिकारकर्मीहरू अघि बढ्नुपर्ने बताएका छन् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया