• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    मर्दी ट्रेक चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर गयो ज्यान

    1.1K
    SHARES


    काठमाडौँ। पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ वर्षीय सुदीप गौतमको भीरबाट लडेर ज्यान गएको छ ।

    मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रवार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर गाैतमकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ । गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आउनु भएकाे थियाे । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

    होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न जानु भएको थियो । लडेर गौतमको टाउकोमा चोट लागेको थियो । घटना लगत्तै नजिक रहेकाहरुले उद्धार गरेर ल्याए पनि उनको बाटोमा नै ज्यान गएको अध्यक्ष क्षेत्रीले बताए ।

    गौतमको शवलाई शनिवार बिहान हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

    सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको प्रचार प्रसार र प्रवर्द्धनमा ठूलो भूमिका खेलेका थिए । गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । गौतमको परिवारमा बुवा, आमा, श्रीमती र छोरा-छोरी रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया