• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपराष्ट्रपति पुनद्वारा शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना

    465
    SHARES


    काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    आज बिहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा पुगेर उनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् । उपराष्ट्रपतिले जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएकाे र उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले बताएको छ ।

    जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु,’ जोशीलाई राष्ट्रपिताका रूपमा सम्बोधन गर्दै उपराष्ट्रपतिले भने, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’ शताब्दी पुरुष जोशी डेङ्गु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत रहेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया