• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    गोरखा २ बाट प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने

    456
    SHARES


    काठमाडौँ । गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ ।

    नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई पार्टीमा प्रवेश गराएका थिए ।

    त्यस अघि मियाँ काठमाडौँ ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसकेका थिए । उनलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उनको ब्यवस्थापनका बिषयमा छलफल भएको थियो ।

    उनलाई काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने ? भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो । गोरखा २ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरुले केन्द्रीय कमिटीमा लबिङ पनि गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया